नियम ६
भ्रष्टाचारको उजुरी
(१) भ्रष्टाचार सम्बन्धी विषयमा कुनै उजुरी दिन चाहने व्यक्तिले आयोगमा आफैं उपस्थित भई वा अन्य कुनै माध्यमबाट त्यस्तो उजुरी दिन वा पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी निवेदन दिंदा आफूलाई जानकारी भएसम्मको देहायको कुरा खुलाई उजुरी दिनु पर्नेछः–
(क) सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको भए सो व्यक्तिको पूरा नाम, थर, वतन, दर्जा, कार्यालय र त्यस्तो
कार्यमा संलग्न अन्य कुनै व्यक्ति भए निजको नाम, थर र वतन,
(ख) भ्रष्टाचार सम्बन्धी यथार्थ विवरण,
(ख१) भ्रष्टाचार गरी प्राप्त सम्पत्ति शुद्धीकरण गरेको भए सो को विवरण,
(ग) भ्रष्टाचार गरेको मिति र थाहा पाएको मिति,
(घ) भ्रष्टाचार गरेको पुष्ट्याई हुने प्रमाणहरू वा सो सम्बन्धी विवरण,
(ङ) आफ्नो नाम गोप्य राख्न चाहेमा सोको व्यहोरा ।
(३) कसैले आफ्नो नाम, ठेगाना गोप्य राखी उपनियम (१) बमोजिम उजुरी निवेदन दिएकोमा आयोगले त्यस्तो उजुरी निवेदनको आधारमा भ्रष्टाचार छानविन सम्बन्धी कारवाही अगाडी बढाउन सक्नेछ ।
(३क) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १३ को उपदफा (१क) र दफा १४क. को उपदफा (२) बमोजिम भ्रष्टाचार र घुस सम्बन्धमा प्राप्त उजुरीका आधारमा आयोगले छानबिन गर्नु पर्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि आयोगले कुनै पत्र पत्रिका वा प्रकाशनमा प्रकाशित भएको भ्रष्टाचार सम्बन्धी विषयलाई सूचना वा उजुरीका रूपमा ग्रहण गर्न वाधा पु¥याएको मानिने छैन ।